Tuesday, 25 March 2014

Lamahi dang

""पानि र काँचको खेल पनि अचम्मको छ,कुन बाहिर किन भित्र थाहै नहुने।।""
शक्कल हेरेर चरित्र, थाहै नहुने।
कुन दुश्मन कुन मित्र थाहै नहुने।।

पानि र काँचको खेल पनि अचम्मको छ,
कुन बाहिर किन भित्र थाहै नहुने।।

दशा लाग्दा किताबको बाघले झम्टिदो रैछ,
किन साँच्चिको,कुन चित्र थाहै नहुने।

नरकको द्वार हुँदै बगिदिँदा गङ्गा,
कुन जुठो ,कुन पवित्र थाहै नहुने।।

सेकेण्डै पिच्छे घटिरहने छ घटना,
कुन सामान्य,कुन बिचित्र थाहै नहुने।।

No comments:

Post a Comment